काठमाण्डौ – आज देशका केही ठाउँमा छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । बिहान कोशीका एक/दुई ठाउँमा छिटपुट पानी परेको छ ।
यस्तै आज दिउँसो कोशीसहित गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्