नवज्योति युवा क्लवकाे ५ अाैँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । शनिबार रुपन्देहीको तिलाेत्तमा नगरपालिका २ मा एक कार्यक्रमका बिच सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लबहादुर भट्टराईले युवा भनेका देशका खम्बा भएकाे बताए । उनले क्लवकाे माध्यमबाट युवाहरू अझ सशक्तरुपमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दधिराम गाैतमले समाजका विभिन्न विकृति हटाउने काममा अग्रसर हुनुपर्ने र हरेक काममा क्लवसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अपाध्यक्ष खिमलाल पाण्डेले नवज्योति युवा क्लवले महत्त्वपूर्ण सामाजिक काम गरेकाे बताए ।
एकादशी भजन समूह टीका ज्ञवालीले क्लवले विभिन्न समयमा गरेका महत्त्वपूर्ण कामहरुकाे प्रशंसा गरिन् ।
क्लवका अध्यक्ष सुरज गाैतमले क्लवकाे गतिविधिसहित अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै क्लवका काेषाध्यक्ष नवीन श्रेष्ठले क्लवकाे आयव्यय समेटिएको काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा अध्यक्ष र काेषाध्यक्षकाे प्रतिवेदन पारित भएकाे छ ।
कार्यक्रममा सल्लाहकार कुलबहादुर भण्डारीले क्लबले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए । वाटिका टाेलविकास संस्थाका अध्यक्ष पुष्करनाथ पन्थगायतले बाेलेका थिए । उपाध्यक्ष सागर भट्टराईले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव प्रेम केसी साेनुले गरेका थिए ।
प्रकाशित मिति : शनिबार, पुष ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्