नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। दुईवटा ट्वीनअटर जहाज मध्ये एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड भएको थियो भने, अर्को जहाज आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, इन्जिनको उडान आवर सकिएपछि अर्को जहाज पनि संचालनमा आउन सकेको छैन। उनले भने, “ट्वीनअटरको इन्जिनको उडान आवर सकिएको जानकारी पहिले नै थियो र नयाँ इन्जिनका लागि टेन्डर आह्वान भई ठेक्का पनि लागेको थियो, तर सम्झौतामा रहेको समयसीमा सकिए पनि डेलिभरी भएको छैन।”
यात्रा गर्ने यात्रुहरूको असुविधा बढ्दै जाने संभावना रहेको छ, खास गरी दुर्गम गन्तव्यमा यात्रा गर्ने व्यक्तिहरूका लागि। नेपाल एअरलायन्सले दुर्गम गन्तव्यमा उडान गर्दै आएको थियो।
प्रकाशित मिति : मंगलबार, पुष ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्