अर्घाखाँची –
अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
ललाइफकाइ विवाह गराएको अभियोगमा भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
सकुन्तलाले काम लगाइ दिने भन्दै १२ वर्षीया बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिन्दुर लगाएर घरमा भित्राएको भन्दै बालिकाको कान्छाे बुबाले उजुरी दिनुभएको थियो ।
बालविवाहसम्बन्धी जाहेरी परेपछी मुमारामलाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, पुष १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्