महिलाको अस्तित्व स्वीकार गर्दा ठूलो परिवर्तन गर्न सकिन्छः राष्ट्रपति भण्डारी

महिलाको अस्तित्व स्वीकार गर्दा ठूलो परिवर्तन गर्न सकिन्छः राष्ट्रपति भण्डारी

/fi6«klt ljBfb]jL e08f/L dlxnfsf] l:ylt;DaGwL ;+o'Qm /fi6«;ª3Lo cfof]usf] ^# cf}F clwj]zgsf cj;/df /fi6« ;ª3sf dxf;efsf cWoIf dfl/of kmgf{G8f Pl:kgf];f uf;]{;n] Go"of]s{l:yt dxf;ef sIfdf cfof]hgf ug'{ePsf] …zlQmdf dlxnfÚ d"n ljifocGtu{t pRr:t/Lo ;qdf efu lnFb} . t:jL/, ;f}hGo M o'Pgj]el6eL, /f;;

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा देशमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकि छन ।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गरेको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिलाप्रति विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको र अपरिवर्तनीय नभएको स्पष्ट पारिन ।

‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल(सत्र)मा उनले लैङ्गिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने औँल्याईन ।

राष्ट्रपतिले केही वर्ष अगाडि नेपालमा एक लाख पदमा भएको निर्वाचनमा १३६ जना महिला प्रतिनिधि मात्र निर्वाचित भएकामा अहिले वर्षमा केही कानुनी प्रावधानलाई सच्याउँदा एकै पटक झण्डै ४० हजार महिला निर्वाचित भएको बताईन ।

उनले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र केन्द्र, प्रदेश र स्थानीय तहमा ३५ देखि ४१ प्रतिशत महिला निर्वाचित भएर आएको जानकारी दिईन ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij