तिलोत्तमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य र विद्यालय सहायक लेखापाललाई नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार र लेखापाल सुरेश गुप्तालाई बुधबार नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । प्रवक्ता घिमिरेका अनुसार सदस्य कहार र गुप्ताले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस / रिसवत माग गरिरहेका थिए । सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु। ६५ हजार घुस लिइरहेको अवस्थामा उक्त रकमसहित दुईजनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्