मौसम

आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली

आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली

काठमाण्डौ  – आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका थोरै भू–भागमा हुस्सु लागेको भए पनि दिउँसो हट्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा आज र भोलि मौसम सफा रहनेछ ।

आजभन्दा भोलि झन धेरै सुधार हुनेछ भने पर्सि बेलुकादेखि फेरि पश्चिमबाट वर्षा तथा हिमपात गराउँने प्रणाली भित्रिने छ ।

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij