देशभर मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली छ ।

 

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार तराईका केही ठाउँमा अहिले हुस्सु/कुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ । अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने अनुमान छ ।

प्रकाशित मिति : बुधबार, माघ २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij