बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन सुरु

बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन सुरु

लुम्बिनी,

लुम्बिनी विकास कोषले बुद्धको अस्तीधातु रहेको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सञ्चालन सुरु गरेको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन सुरु गरिएको हो । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बसमा सवार भएर सेवा सञ्चालन गरे । कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरुलाई सेवा दिने उद्देश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानूनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षण स्वरुप बस सञ्चालन गरिएको बताए । उनले रामग्राम र बुद्ध जन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीनदिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एउटा बस सञ्चालन गर्ने योजना रहेको बताए ।

त्यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफूहरुले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको सुरुवात भएको बताए । उनले रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठूलो भूमिका खेल्ने बताए । उनले बिजुली बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।

रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीनदिन सोमबार, बुधबार र शुक्रबार विहान ९ बजे बस चल्नेछ । रामग्राम स्तुपबाट बुद्धचोक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटाचोक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए । उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइनेछ । लुम्बिनीदेखि सिधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुहरुलाई सहजता हुनेछ । बसमा सवारहरुले स्वेच्छिक रुपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन् तर, कोषले भाडावापत भने शुल्क लिनेछैन ।

बस शुभारम्भमा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, रामग्राम वडा नम्बर ७ का वडाअध्यक्ष रविन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासी ९पश्चिम० का अध्यक्ष केशव पराजुली, रामग्राम विकास कोषका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँचवटामध्ये दुईवटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरुप सञ्चालन गरिएको छ । एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको

थियो ।

प्रकाशित मिति : बुधबार, माघ ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij