बुटवल । बलिउडको सुन्दर जोडीका रुपमा परिचित छन्, रणवीर सिंह र दीपिका पादुकोण ।
राम्रो अभिनय क्षमता भएका यी दुईको माया गर्ने तरिका पनि निकै राम्रो छ । उनीहरुलाई आफ्नो आइडल जोडी मान्नेहरु पनि धेरै छन् । दुबै जना एक-अर्कालाई खुबै ध्यान दिन्छन् ।
यस्तैमा, उनीहरु एकसाथ लण्डन एयरपोर्टमा भेटिएका छन् । आफ्नो खाली समय बिताउन लण्डन पुगेका यस जोडीको भेट बलिउडका अर्का स्टार बरुण धवनसँग भएको छ ।
एअरपोर्टबाट गाडीमा कतै जादैँ गर्दा बरुणले खिचेको एक भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । उक्त भिडियोमा बरुणले रणवीर र दीपिकालाई आफ्नो एडप्टेड बुबा आमा भएको बोलेका छन् ।
बरुणले त्यहाँ भनेका छन्, ‘रणवीर र दीपिका मेरो एडप्टेड बाबामम्मी हुनुहुन्छ । उहाँहरुले मलाई धेरै ख्याल राख्नुहुन्छ ।’
बरुणको उक्त भनाई सुनेपछि दिपिकाले पनि बरुण आफ्नो छोरा भएको बोलेकी छिन् । उनले भनेकी छिन्, ‘हो, बरुण हाम्रो एडप्टेड छोरा हुन् ।’ भिडियोमा दीपिकाले पनि बरुणलाई आफ्नो छोरालाई जस्तै माया देखाएकी छिन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्