आफ्ना छोराछोरीलाई होइन, गरिबलाई अवसर दिनुस् : प्रधानमन्त्री ओली

आफ्ना छोराछोरीलाई होइन, गरिबलाई अवसर दिनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाउँदै अवसरहरु सक्षम र आफ्ना छोराछोरीलाई नभएर सक्षम गरिवलाई दिनसमेत आग्रह गरे ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्थामाथिको विस्वास पनि डगमगाउने बताए ।

“जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ” प्रधानमन्त्रीले भने, “त्यसकारण तपाईंको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।”

“निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो” प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पार्दै “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेले अहिले यसको बिरोध गरेका छन्” प्रधानमन्त्री ओलीले भने ।

लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रहसमेत गरे । “लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्” प्रधानमन्त्री ओलीले भने, “लुटेरा प्रवृतिले देशको विकास हुदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिसँग छलफल गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij