काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको कडा निन्दा गर्दै दुःख व्यक्त गरेका छन ।
न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका हुन । साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधको कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन । प्रधानमन्त्री ओलीले आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने पनि बताए ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्