क्रिष्टिना ब्युटिकेयरले मनायो १५औं वार्षिकोत्सव, ४२ विद्यार्थी दीक्षित

क्रिष्टिना ब्युटिकेयरले मनायो १५औं वार्षिकोत्सव, ४२ विद्यार्थी दीक्षित

 

बुटवल -बुटवल होराईजनचोक देवीनगरमा रहेको क्रिष्टिना ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको १५ वर्ष बार्षिकोत्सवका रुपमा मनाएको छ । ट्रेनिङ सेन्टरले आइतबार १५औँ वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो । सो अवसरमा सेन्टरबाट विभिन्न चरणका तालिम लिएका ४२ जना विद्यार्थीहरुलाई तालिम पुर्णताको प्रमाणपत्र वितरण गरेर वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई कुनैनकुनै प्रकारले आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले सीप सिकेर महिलाहरु आत्मनिर्भर हुनु पर्ने उल्लेख गर्दै नगरपालिकाले महिलाको सीप र दक्षता विकासकालागि पन्चेबाजा, बत्ती कात्ने, अचार, सिलाईकटाई, ब्यूटिसियन, जुत्ताचप्पल बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । उहाँले महिलाले आफ्नो दक्षताको विकास गरेमा कसैको अगाडि हात पसार्नु पर्ने समस्या नआउने बताउनुभयो । कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जलप्रसाद कसजुले महिलाहरुले सीपको विकास गर्नुकासाथै उद्योगी बन्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्ध संचालक÷प्रिन्सिपल सुनिता अर्यालले महिलालाई आत्मनिर्भर बनाउन र सीप सिकाउनकालागि क्रिष्टिनाले ठुलो भुमिका खेल्दै आएको बताउनुभयो । उहाँले पन्ध वर्षको अवधिमा सयौ महिलाहरुलाई दक्ष बनाएको उल्लेख गर्दै सीप सिकाउदै रोजगारको अवसर समेत दिएको बताउनुभयो । संचारकर्मी सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा नेपाल ब्युटिसियन संघ लुम्विनी प्रदेशका अध्यक्ष विष्णु थापा, नेपाल पत्रकार महासंघका सहसचिव झविन्द्र देवकोटा, सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य मिना पन्थी, चौपारी टोल विकास संस्थाका अध्यक्ष जुनु अर्याल, सहेली ब्यटि पार्लरका पार्वती सेन्चुरी, वयल टेन प्रोफेशनलका प्रतिनिधी विष्णु घिमिरे, विद्यार्थी आरजु कुमाललगायतले क्रिष्टिनाले महिलालाई आत्मनिर्भर बनाउन गरेके सहयोगको प्रसंशा गर्दै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij