पुल भाँचिने गरी सामाग्री ल्याउने शिवम् सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना

पुल भाँचिने गरी सामाग्री ल्याउने शिवम् सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना

नवलपुर,

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको बुटवल–नारायणगढ सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी सामाग्री ल्याउने शिवम् सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना तिराएको छ । एनएल १ एएच ५१७९ नम्बरको भारतीय हेवी ट्रकमा क्षमताभन्दा बढी भार बोकाएर सामग्री ल्याएको कारण पुल भाँचिएको भन्दै शिवम् सिमेन्टलाई सरकारले क्षतिपूर्ति तिराएको हो ।

शिवम् सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन ईन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिए ।

शिवम सिमेन्टले नेपाल लाइन्स प्रालिमार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उनले जानकारी दिए । गत २६ पुसमा गह्रौं भारसहितको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजंग खनालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराएको सडक डिभिजन भरतपुरका ईन्जिनियर आषिश नेपालले जानकारी दिए ।

क्षतिपूर्ति तिरेसँगै अबदेखि पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिए । ८६ लाखले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम् सिमेन्ट सस्तोमा परेको छानबिन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij