बुटवल , बुटवलमा भएको अक्सफोर्ड जिल्लास्तरीय अन्तर विद्यालयस्तरीय वेभ डिजाइन एण्ड डेभलपमेन्ट कम्पिटिशनको उपाधि पिक्सेल फोर्ज समूहले जितेको छ । अक्सफोर्ड कलेज बुटवलको आईटी क्लब अफ अक्सफोर्डको आयोजनामा भएको प्रतियोगितामा होराईजन जिबीएस ड्राइभरटोलको पिक्सेल फोर्ज समूहले उत्कृष्ट वेभ डिजाइनको उपाधि जितेको हो ।
रुपन्देहीको कक्षा ११ र १२ मा अध्ययन गर्ने विभिन्न विद्यालयका २७ प्रतिष्पर्धी विद्यार्थी समूहहरुलाई उछिन्दै पिक्सेल फोर्जले वेभ डिजाइन एण्ड डेभलपमेन्ट कम्पिटिशनको उपाधिसहित नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त पारेको हो ।
प्रतियोगितामा अक्सफोर्ड माविको लजिक विल्डर्स द्वितीय र अक्सफोर्ड माविकै कोडेक्स समूह तृतीय भएको छ । प्रतियोगितामा द्वितीय र तृतीय भएका समूहले क्रमशः ७ हजार र ५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक अशोक गुरुङले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै कलेज सञ्चालक समिति अध्यक्ष डा। अजित खनालले समयअनुसार खोज र अनुसन्धान गर्नै शैलीको पनि विकास भएकाले सूचना र प्रविधिको विकाससँगै त्यसलाई चिन्न र अध्ययन गर्न आवश्यक रहेको बताए । उनले सूचना र प्रविधिको प्रयोगले विद्यार्थीको बौद्धिक क्षमताको विकास हुने भएकाले अधिकतम प्रयोगका लागि आग्रह समेत गरे ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्