अबैध सामान बरामद

रुपन्देही प्रहरीले भन्सार छलिका ९ लाख बराबरको बिभिन्न अबैध सामान बरामद

रुपन्देही प्रहरीले भन्सार छलिका ९ लाख बराबरको बिभिन्न अबैध सामान बरामद

तिलोत्तमा ,
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलिका बिभिन्न अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरेको अबस्थामा ९ लाख ३८ हजार ४ सय चालिस रुपैयाँ मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
प्रहरीले सिद्र्धाथनगर नगरपालिका वडा नं ८ अन्चलपुर बाट २६ पिस साडी , १ सय ५० केजी चिनी , २० पिस काजु , र अन्य किराना सामान सहित अन्दाजी ५० हजार ४ सय ४० बराबरको सामान बरामद गरी सामान सहित आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको रुपन्देही प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी सुरज कार्कीले बताउनु भयो ।
त्यसै गरी रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं ५ खैरेनी बाट बेवारिसे अवस्थामा ८ बोरा चार सय तीन पिस साडी लगायत करिब आठ लाख छ हजार बराबरको कपडाहरु नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको प्रहरीले जनाएको छ ।
साथै प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ आमापुलबाट चुन्नी १ सय ८६ पिस , कुर्था सुरुवाल २५ पिस गरी अन्दाजी ८२ हजार बराबरको सामान बरामद गरी आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको कार्कीले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij