तिलोत्तमा ,
इलाका प्रहरी कार्यालय रुपन्देहीले कानुन बिपरित अनाधिकृत रुपमा प्रयोग गरेका अबैध सामान सहित ३ जना पक्राउ गरेको छ । प्रहरीका अनुसार बुटवलका बिभिन्न स्थानमा कानुन बिपरित ओन एक्स बेट र बिनान्स समेतका एप्सहरुको अनाधिकृत रुपमा प्रयोग गरी रुपैया कारोबार गरिरहेको भन्ने बिषेश सूचनाका आधारमा अबैध सामान सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं ५ बस्ने २३ बर्षका जिसान मिया, बुटवल उपमहानगरपालिका वडा नं १ बस्ने २९ बर्षका सुरज कसौधन र अर्घखाँची जिल्ला छत्रदेव गाँउपालिका वडा नं ५ घर भै हाल बुटवल उपमहानगरपालिका वडा नं ११ देवीनगर बस्ने ३० बर्षका ईमरान खान रहेका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका उनिहरुको साथबाट बिभिन्न बैंकहरुको चेकबुक ४ थान, बिभिन्न कम्पनिका मोबाइल फोन ५ थान तथा बिभिन्न दरका नेपाली रुपैयाँ ४ लाख ५० हजार प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद सामान सहित रुपन्देही जिल्ला अदालतमा पेश गरि अदालत बाट अभौतिक मुद्रा सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान कायै भैरहेको जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्