बुटवलको सुख्खानगरबाट १० किलो गाँजा सहित १ जना पक्राउ

बुटवलको सुख्खानगरबाट १० किलो गाँजा सहित १ जना पक्राउ

बुटवल – रुपन्देही प्रहरीले बुटवलको सुख्खानगरबाट १० किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रम्भा गाउँपालिका वडा नं. ३ हुमिन स्थायी घर भएका ३५ वर्षिय गणेश कुँवर मगर रहेका छन् ।

सुख्खानगर धर्मपथमा लागुऔषध गाँजाको कारोबार हुँदै गरेको गोप्य सुचनाको आधारमा रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित कुँवरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवरको शरिर तथा उनी सुत्ने कोठा रितपुर्वक खानतलासी गर्दा लोवेड भित्र रातो जेव्रा झोला भित्र
निलो प्लाष्टिकमा खुल्ला तथा सानो पोका बनाई राखेको गाँजा एकै ठाउँमा मिसाई तौल गर्दा प्लाष्टिक बाहेक १० केजी र सोही गाजाँ बिक्री वितरण प्रयोजनका लागी राखिएको हाते काँटा (तराजु) बरामद भएको प्रहरप्ले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij