तिलोत्तमा , भन्सार छलिका अबैध सामान रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानबाट नियमित चेकजाँच गर्ने क्रममा अन्दाजी ९ लाख ६४ हजार १ सय ३० बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बृुटवल उपमहानगरपालिका १० चौराहाबाट बेबारिसे अवस्थामा रहेको सुपर एक्स कम्पनिको बिभिन्न मोबाइलमा प्रयोग हुने ग्लासहरु ८ हजार पिस बरामद गरेको प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय भैरहवा बाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं ८ अंचलपुरबाट बेबारिसे अवस्थामा २ बोरा चिनी र किराना सामानहरु बरामद गरेको छ ।
त्यसै गरी इलाका प्रहरी कार्यालय माझगावाँ बाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका ६ र कोटहिमाइ गाँउपालिका ३ बाट लु४८ प ५०२४ नं को मोटरसाइकलमा ४ बोरा चिनि , १ बोरा मैदा , १ बोरा मटर र किराना सामानहरु नियन्त्रण लिइ आबश्यक कारबाहिको लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझार्र्ईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्