हिमांशु डिजाईनर रनवे सिजन ५ हुँदै

हिमांशु डिजाईनर रनवे सिजन ५ हुँदै

बुटवल -बुटवलमा रहेकाे द हिमांशु डिजाइनर रन वे को सिजन ५ हुने भएकाे  छ।

बुटवलमा रहेकाे हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरको आयाेजनामा यहि चैत्र २८ गते रुपन्देहीको तिलाेत्तमा १५ मा रहेकाे टाइगर प्यालेस रिसाेर्टमा भव्य समारोहका बिच सिजन ५ हुने भएकाे हाे । कार्यक्रमका सन्दर्भमा बुटवलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपालभरका धेरैभन्दा धेरै युवती र बालबालिकाहरुलाई सहभागी गराउने उदेश्य रहेकाे साे अवसरमा आयाेजकले जानकारी दिएका छन् ।

आफुभित्र रहेको क्षमता बाहिर आउने र आत्मविश्वास बढाउने उद्देश्य अनुसार साे सेन्टरको आयोजनामा प्रतियोगिता हरेक वर्ष हुँदै आइरहेको सेन्टरका अध्यक्ष हिरा पेग्नीले बताइन् ।
दक्ष डिजाइनर तयार हुने उदेश्यसहित आयोजना हुने प्रतियोगितमा १४ जना प्रतिष्पर्धामा रहने र १२ जनाले प्रस्तुतीकरण राख्नेछन् । यसमा ३० जना बच्चा मोडेल र २८ जना युवती मोडेलहरु राखिएको टिम सदस्य विवेक केसीले जानकारी दिए।
पत्रकार सम्मेलनमा कोरियोग्राफर रेशम न्यौपानेले एक वर्षसम्म अध्य्यन गरेका विद्यार्थीहरु दीक्षित हुनेगरी कार्यक्रमको डिजाईन गरिएको बताए। पछिल्लो समयमा बजारमा आएका नयाँ डिजाइन अनुसार प्रतिष्पर्धीलाई सिकाइने न्याैपानेले जानकारी दिए। सिजन ४ सम्मका विजेता तथा प्रतिष्पर्धी २०/३० जनाले व्यवसाय नै सञ्चालन गरेको सेन्टरका सञ्चालक हिरा पेग्नीले जानकारी दिइन् । सेन्टरले विभिन्न समयमा अवसर नपाएका तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि सहयोग गरेर दीक्षित समेत गर्दै आइरहेकाे छ ।
चैतको २८ गते फाइनल हुने प्रतियोगिताकाे फागुन २७ गतेदेखि अडिसन हुने कार्यक्रम संयोजक प्रशान्त शाहले बताए । अडिसन चैत्र ५ गते पनि हुने शाहले जानकारी दिए ।
प्रतियोगितामा विजेताहरुलाई उपयोगी सामग्री उपहारस्वरूप प्रदान गरिने छ । जसमा प्रथम हुनेले  इन्डष्ट्रियल मेसिन , दाेस्राे हुनेले  पिकाे मेसिन र तेस्राे हुनेले इन्टरलक मेसिन प्राप्त गर्नेछन् ।
सेन्टरले विगत ६ वर्षदेखि फेसन डिजाइनर र बुटिकसम्बन्धि तालिम दिँदै आइरहेकाे छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij