नवलपुर , नवलपुरको कावासोती १४ गोरसदीमा घरको पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो डण्डा स्थित भित्री सडकखण्डमा डण्डा(कोल्हुवा तर्फ जाँदै गरेको लु १८ प ७४ नम्बरको मोटरसाईकलले मान बाहदुर कार्कीलाई ठक्कर दिएको हो ।
आफ्नै घर अगाडिको पिँढिमा बसी खाना खाईरहेको अवस्थामा ठक्कर दिँदा घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल डण्डा पठाएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको हो ।
दुर्घटनामा परी मोटर साईकल चालक मध्यविन्दु नगरपालिका ३ निवासी १८ बर्षीय सुमन महतो घाईते भएका छन् ।
उनको अवस्था पनि गम्भीर छ । घाईतेको मध्यविन्दु अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्