खुशी जीवन नेपालद्धारा साधना महिला विद्यालयमा शैक्षिक सामग्री सहयोग

खुशी जीवन नेपालद्धारा साधना महिला विद्यालयमा शैक्षिक सामग्री सहयोग

बुटवल -खुशी जीवन नेपाल र हिमानी कोष रुपन्देही स्वयंसेवक परिवारको समन्वयमा बुटवलको साधना महिला विद्यालयमा शैक्षिक सामग्री सहयोग गरिएको छ ।
११५ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  बुटवल ६ मा रहेकाे विद्यालयमा शैक्षिक सामग्री प्रदान गरिएको हाे । साथै साे अवसरमै समाजमा महिला शसक्तिकरणमा आआफ्नो स्थानबाट सहयोग पुर्याउने महिलाहरुलाई सम्मानसमेत गरिएको छ ।

खुशी जीवन नेपालले वि.स २०७४ सालदेखि नै समाजमा रहेको महिला हिंसा , बालश्रम , बालबिवाह , लैङ्गिक विभेद , लागुपदार्थ दुर्व्यसन , चेलीबेटी बेचबिखन र दाइजो प्रथाजस्ता कुरिती र विसङ्गतीविरुद्ध टोल विकास संस्था , आमा समूह तथा विद्यालयहरुसँग समन्वय गरी जनमानसको माझमा सडक नाटकको माध्यमले देशका विभिन्न जिल्लाहरूमा सचेतना फेलाउँदै आएकाे र दुखी गरिब एवं निम्न वर्गिय मानिसहरुलाई सहयोग गर्ने काम गर्दै आएको संस्थाका सचिव सुरेन्द्र चौधरीले बताए ।

कार्यक्रममा साधना महिला विद्यालयका प्रधानाध्यापक विष्नु गौतम , संस्थाका सल्लाहकार  प्रीतम केसी , ज्ञान बहादुर बिक , सदस्य कमला राई , जोशना रसाइली , रेजिना भट्टराई , मिना पौडेल , अशोक बज्राचार्य , रिता खनाल , विवेक पौडेलकाे उपस्थिति रहेकाे थियाे । त्यसैगरी हिमानी कोष रुपन्देहीका स्वयंसेवककाे तर्फबाट प्रजुना श्रेष्ठ सिलवाल र क्रिशा न्योपाने  , क्षितिज आमा समूह तिलोत्तमा नगरपलिकाबाट अध्यक्ष शोभा पौडेल , क्षितिज टोल विकास संस्था बुटवलबाट उपाध्यक्ष धना गौतमको उपस्थिति रहेकाे खुसी जीवन नेपालका अध्यक्ष महेन्द्र विश्वकर्मा ले जानकारी दिए ।यसैगरी पत्रकारिताकाे माध्यमबाट सहयाेग पुर्याउने पत्रकार छायाँ पन्थ र फुलु सुनारलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij