बुटवल- नेकपा (एकीकृत समाजवादी) रूपन्देहीकाे जिल्ला अधिवेशनकाे तयारी तिव्र पारिएकाे छ ।
चैत ९ र १० गते तय भएकाे जिल्ला अधिवेशनका लागि जिल्ला अधिवेशन मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारी गरेकाे हाे ।
बैठकले जिल्ला कमिटी ५१ सदस्यीय बनाउन अधिवेशनमा प्रस्तावलिेश गर्ने, अधिवेशनका अन्य आवश्यक तयारी गर्ने निर्णय गरेकाे छ । साथै अधिवेशनबारे चैत ७ गते पत्रकार सम्मेलन गर्ने निर्णय कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए । पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा केन्द्रीय सदस्य भवगती घिमिरे र बाबुलाल यादवको सहभागिता रहेको उपसचिव टंक पाेखरेलले जानकारी दिए ।
बैठकमा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्