स्ववियु निर्वाचन : आज मध्यरातदेखि मौन अवधि

स्ववियु निर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजमौन अवधि शुरु हुँदैछ। मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन्।

 

८२ क्याम्पसमा निर्विरोध नेतृत्व निर्वाचित भइसकेका छन् । जसमा नेकपा एमाले निकट अनेरास्ववियु पहिलो बनेको छ भने कांग्रेस निकट नेविसंघ दोस्रो भएका छन् । यता १८ आङ्गिक क्याम्पसमा भने निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। विद्यार्थी संगठनबीच विवाद हुँदा १८ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अघि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो। त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति : शनिबार, चैत्र २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij