तिलोत्तमा, तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीमा सञ्चालित महायज्ञ सफल भएको भन्दै आयोजक सहित सम्बद्ध सबैले हर्ष व्यक्त गरेका छन् । महायज्ञ समापनका अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले धार्मिक पर्यटनको क्षेत्रमा स्थानीयबासीले खेलेको उत्कृष्ट भूमिका प्रति नगरपालिका उत्साहित उल्लेख गर्नुभयो । साथै, उहाँले नगरपालिकाको तर्फबाट २० लाख रूपियाँ सहयोग घोषणा गर्नुभयो
यो सँगै महायज्ञमा करीब एक करोड माथिको वित्त सञ्चालन भएको छ भने नगद मात्रै करीब ६५ लाख रूपियाँ संकलन भएको छ । करीब १० लाख रूपियाँको जिन्सी दान, २० लाख रूपियाँ नगरपालिकाको सहयोग, ५ लाख रूपियाँ वडाको सहयोग गरी करीब १ करोडको कार्यभएको यज्ञ आयोजक मूल समिति सचिव कृष्ण तिवारीले बताउनुभयो ।
एक गते समापन भएको सो महायज्ञमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलले स्थानीय सरकार सहित प्रदेश र केन्द्र सरकारको सहयोगमा थप विकाश गर्न सकिने बताउनुभयो ।
सो अवसरमा महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुलाई अभिनन्दन गरिएको थियो भने सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको छ ।
मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको समापन सत्रमा तिलोत्तमा ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, ज्योति जागृति आमा समूहका अध्यक्ष सीता न्यौपाने तिवारी, अर्थ सह संयोजक बेलप्रसाद काफ्ले लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्