अर्घाखाँची-अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। यद्यपि उनीहरूको पहिचान खुलिसकेको छैन।
सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।
बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो।
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्