बुटवल -जिल्ला प्रहरी कार्यालय रुपन्देही ले भन्सार छलीका अबैध सामान बरामद गरेको छ । प्रहरी बिट नयाँ बसपार्क बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका इटाभट्टीबाट बेबारिसे अवस्थामा रहेको २० कार्टुनमा २ सय ४० पिस दुईलाख चालिस हजार रुपैयाँ बराबरको भारतिय मदिरा बरामद गरी आबश्यक कारवाहिको लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाएको प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिनुभयो।
त्यसैगरि बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका १७ रानीगञ्जका २८ बर्षीय करन घर्ती मगर र सोही स्थानका २६ वर्षीय पवन केसी पक्राउ परेको प्रहरीले बताएको छ । उनिहरुको साथबाट ब्राउन सुगर जस्तो देखीने बस्तु ३ ग्राम १ सय ८५ मिलिग्राम बरामद गरी जिल्ला अदालतमा पेश भएकोमा अदालत बाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बुटवलमा आबश्यक अनुसन्धान जारी रहेको प्रहरी नायब उपरिक्षक सुरज कार्की ले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्