चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरैको भिड

चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरैको भिड

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी त्रिवेणीधाममा चैत्र कृष्ण औँसीको तिथीमा शनिबार दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न आएका आफन्तको घुइँचो । मुस्ताङको कागबेनीमा आज एकैदिन २० हजार बढी भक्तजनहरुले पितृ पूजासहित कागखोला र कालिगण्डकी दोभानमा स्नान गर्ने अनुमान छ । तस्बिर ः सुन्दरकुमार थकाली÷रासस

काठमाण्डौ – चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरै भित्रिएका छन्

मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न श्रद्धालुको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थीको सुरक्षाका लागि मातहतका निकाय खटिएका छन् ।

तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका छन् । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका होटल तीर्थालुले भरिभराउ भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । जोमसोमका पर्यटन व्यवसायी अजित थकालीले पनि हजारौँ श्रद्धालु भक्तजनको घुइँचो रहेको बताउनुभयो ।

दुई वर्षअघि कागखोला बाढीले कागबेनीधाम र भौतिक संरचनामा क्षति पुगेपछि कागबेनीमा श्राद्ध, पूजापाठ र स्नान गर्न समस्या हुँदै आएको छ । कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले यस क्षेत्रको पुनर्निर्माण तत्काल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij