बुटवल ।आज फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली । बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ ।
नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने भोलि तराईमा मनाइन्छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।
तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दूहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुँदा होलीमा साथीभाइ, आफन्तहरुले एक आपसमा रङ्गहरू लगाएर मनाउने गरिन्छ ।
होलीकै भोलिपल्टबाट वसन्तब।ऋतुको आगमन हुने विश्वास छ । विशेषगरी, तराईमा विशेष उल्लाससाथ मनाइने होली पछिल्लो समय नाचगान गरेर, साथीभाइ आपसमा मिलेर मनाउने गरिएको छ ।
असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज पहाडी जिल्लाहरुमा र भोली तराईका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।
तराईमा मुख्य रुपमा भोली होली मनाइने भएपनि बिभिन्न सस्थाहरुले भने आज होली मिलन सहित शुभकामना कार्यक्रम राखेका छन ।
बिद्यालय र कतिपय संघ सस्थाले हिजो नै होली देखि नै होली मनाउन लागेका छन । आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, सञ्चारिका समूह, रोटरी क्लव, लायन्स क्लव लगायतका सस्थाले होली मिलन तथा शुभकामना कार्यक्रम राखेका छन ।
प्रकाशित मिति : बुधबार, चैत्र ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्