बुटवल-नारायणगढ सडककाे दाउन्नेमा यातायात रोकेर मर्मत गर्ने तयारी

बुटवल-नारायणगढ सडककाे दाउन्नेमा यातायात रोकेर मर्मत गर्ने तयारी

बुटवल

बुटवल-नारायणगढ सडक खण्डकाे दाउन्नेमा सवारीसाधन रोकेर सडक विस्तारको काम गर्ने तयारी भएको छ । दाउन्ने खण्डमा हाल पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ, जसका कारण घण्टाै सवारीसाधन जाममा पर्नुका साथै यात्रुलाे सास्ती भाेग्नु परेको छ ।

 

सडक बिस्तारकाे कामलाई थप गति दिन स्थानीय प्रशासनले सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्ने तयारी गरेको हो । धुलो र खाल्डाखुटीका कारण सवारीसाधन बिग्रने तथा सडक विस्तारको काम समेत जोखिम हुने भएकाले चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म र २०८२ वैशाख १ गते देखि वैशाख १५ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक मर्मत र सडक विस्तारको काम गरिने पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए ।

 

शनिबार पश्चिम र पूर्वी नवलपरासीका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, सुरक्षा निकाय र सरोकारवालाकाे स्थलगत अवलम्बनपछि दाउन्ने सडक खण्डमा सवारी आवागमन बन्द गरेर सडक मर्मत तथा निर्माण गर्ने निर्णय गरेका हुन् । हाल दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न कम्तिमा २ देखि ६ घण्टा लाग्ने गरेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij