कपिलवस्तुबाट विप्लव नेकपाका चार नेता पक्राउ

कपिलवस्तुबाट विप्लव नेकपाका चार नेता पक्राउ

कपिलवस्तु : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना कार्यकर्तालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार चारजना स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बुधकार जिल्लाबाट चार जना नेतालाई पक्राउ गरेको बताए ।

बाणगङ्गा नगरपालिका श्यामदास पासी र राजमङ्गल थारू, शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपाने पक्राउ परेका हुन् ।

सरकारले अपराधिक समूह घोषणा गर्दै गतिविधिमा प्रतिबन्ध लगाएसँगै प्रहरीले जिल्लाजिल्लामा विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्ताका आवास र कार्यक्षेत्रमा निगरानी बढाएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij