अर्घाखाँची,
चट्याङ लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. १० लिसेपानी बस्ने वर्ष ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको हो ।
घर्ती आफ्नै घरको दलानमा बसिरहेका बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए । चट्याङ लागेर बेहोस भएका घर्तीलाई जिल्ला अस्पताल पठाउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले बताए ।
चट्याङबाट मृतक घर्तीको घरको भित्तामा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्