आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच संवाद शुरू

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच संवाद शुरू

काठमाण्डौ – आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच संवाद शुरू भएको छ । शिक्षा मन्त्रालयले संवादका लागि पत्र पठाएपछि शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच हिजो शिक्षा मन्त्रालयमा छलफल भएको हो ।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले शिक्षामन्त्री भट्टराईलाई पुराना सहमति र विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूचीसहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासङ्घले सरकारसँग वार्ता र सहमतिभन्दा पनि आफ्ना कुरा राख्न छलफलमा सहभागी भएको जनाएको छ । शिक्षामन्त्रीसहितको सरकारी टोलीले आन्दोलन रोक्न आग्रह गरे पनि माग पूरा नभएसम्म शैक्षिक हडतालसहितका कार्यक्रम निरन्तर गरिरहने महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभएको छ ।

विद्यालयका शिक्षक–कर्मचारी यही चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । उनीहरुले अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै शुरू गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत जतिसक्दो छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।

यसैबीच नयाँ शैक्षिकसत्र शुरू हुने बेला शिक्षक सडकमा हुँदा भर्ना अभियान र शैक्षिक कार्यक्रममा असर गर्ने भन्दै विज्ञहरुले सङ्घर्षलाई रचनात्मक र उपलब्धिमूलक बनाउन सुझाव दिएका छन् ।

शिक्षाकर्मी अभिषेक घिमिरेले सडकमै बसेर पनि हस्तलेखन सुधारमा अभ्यास, सिकाइ सामग्री निर्माण, शिक्षण सिकाइ कला सिक्ने र सिकाउने, पाठ्यक्रम अध्ययन, सिकाइ कार्ययोजना निर्माण लगायतका काम गर्न सकिने बताउनुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij