बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न,प्रधानमन्त्री ओली बुटवल आउँदै

बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न,प्रधानमन्त्री ओली बुटवल आउँदै

बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न आज बुटवल आउँदै छन् ।

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए ।

यसअघि रुपन्देहीमा पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रममा प्रधानमन्त्री आउने प्रचार गरिए पनि उनी आएका थिएनन् ।

देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा गर्न लागिएको छ ।

सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल आउने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।

सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।

एमालेले सभा गर्ने ठाउँ बुटवल मण्डपको निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल अगाडि बाल उद्यान रहने खाली ठाउँ हो । बुटवल अन्तराष्ट्रिय सभा हल तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल आयोजनाका एक कर्मचारीका अनुसार ३० हजार स्क्वायर फुट क्षेत्रफलको सभा हुने ठाउँमा बढीमा २० हजार मान्छे अट्छन् ।

सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij