बुटवल, बुटवलमा लाइभ म्युजिकसहितको तीन दिने सडक खाना महोत्सव शनिबारदेखि सुरु भएको छ । उक्त सडक खाना महोत्सवको उदघाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पान्डेले गरेका छन् । नयाँ वर्ष २०८२ को स्वागतमा रेष्टुरेन्ट एण्ड बार एशोशियशन नेपाल ९रेबन० रुपन्देहीको आयोजनामा ‘सडकमै खाऔँ, सडकमै रमाऔं’ भन्ने नारासहित पहिलो पटक सडक खाना महोत्सव गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेले आर्थिक हवको रुपमा विकास हुँदै गएको बुटवलमा यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष रहेको बताए । पाण्डेले रेबनलाई धन्यवाद ज्ञापन गर्दै उपमहानगरपालिकाले जुनसुकै ढंगले सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उनले बुटवलबासी तथा रुपन्देहीबासीले एक पटक अवलोकन गरी खानासंगै लाइभ म्युजिकमा रम्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा रेबन रुपन्देहीका अध्यक्ष प्रसन्न कोइरालाले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी आयोजना गरेको कार्यक्रममा सबैको साथ र सहयोगको आवश्यकता भएको बताए । उनले बुटवलका रेष्टुरेन्ट व्यवसायी साथीहरुको नैराश्यता मेटाउन र थप उर्जा कायम गर्न महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सव सफल पार्न रातदिन खट्ने व्यवसायी साथीहरु तथा सहयोग गर्ने समस्त महानुभावहरुमा धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, उपाध्यक्ष कमल कुवंर, नेपाली कांग्रेसका नेता चिरञ्जीवी जोशी, जनप्रतिनिधिलगायतले आफ्ना मन्तव्य राखेका थिए ।
बुटवलको कालिकापथ सडकमा मिलनचोक, तिनकुने चोकदेखि कालिकानगर शिवालय मन्दिरसम्म ५० बढी स्टल रहेको महोत्सवमा लाइभ म्युजिक, झाकी, विभिन्न सांस्कृतिक झलकसंगै दोहोरीको रमाइलो संगै विभिन्न खानाका परिकारहरु चाख्न सकिनेछ । महोत्सव चैत ३० गतेदेखि २०८२ बैशाख १ गतेसम्म सन्चालन हुनेछ
प्रकाशित मिति : शनिबार, चैत्र ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्