बुटवल, गुल्मेली सम्पर्क समाज रुपन्देहीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ।
सो अवसरमा देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले समाजले स्थापना कालदेखि नै समाजमा अनुकरणीयकार्य गरेको कुरा बताँउदै आगामी दिनमा अझै सशक्त भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
समाजका अध्यक्ष डा। नारायणप्रसाद पन्थले देशविदेशमा बस्नुभएका सम्पूर्ण बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूएवम् सम्पूर्ण मान्यजनमा शुभकामना दिनुभयो ।
समाजका अध्यक्ष डा। नारायणप्रसाद पन्थको अध्यक्षता , महासचिवराजेन्द्र कुँवरको सञ्चालन, प्रथम उपाध्यक्ष हेम थापाको स्वागतमा सम्पन्न कार्यक्रममा श्रृङ्गेश्वरधामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, गुल्मेली सम्पर्क समाजसिद्धार्थनगर शाखा रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवाली, रेसुङ्गा अलौकिक वचत तथा ऋण सहकारी संस्था लि।काअध्यक्ष कृष्णप्रसाद पोख्रेल तथा निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुनले संस्थाकागतिविधि प्रस्तुत गर्दै यी कार्यक्रममा हातेमालोमा साथ दिन आग्रह गर्नुभयो ।
सल्लाहकारहरु टीकाराम घिमिरे, जेपी कडेल, डा। हरिप्रसाद भण्डारी, हरि ज्ञवाली, टिकाराम न्यौपाने, नन्दरामभुसाल, मित्रलाल न्यौपाने, यदु पन्थ, पारस भण्डारी, नन्दराम भण्डारी, अधिवक्ता खडानन्द भण्डारी लगायतलेशुभकामना मन्तव्य राख्नुभको थियो । उक्त कार्यक्रमका संयोजक तथा सचिव भोजेन्द्र खत्रीले धन्यवाद ज्ञापनगर्नुभएको थियो ।
औपचारिक कार्यक्रमको समापन पश्चात् दोस्रो पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ। आगामीजेष्ठ १७ गते समाजको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्