काठमाण्डाै
राष्ट्रियसभाको १८औं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । आज बसेको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।
लगत्तै अध्यक्ष दाहालले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ । बोहराको गएको चैत १९ गते निधन भएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्