प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने – ‘विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनुस्’

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने – ‘विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनुस्’

भैरहवा — प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनु पर्ने बताएका छन् ।

शुक्रबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहलाई शान्ति प्रक्रियामा आउन अनुरोध गरिएको बताए।चन्द समूहलाई आतंककारी गतिविधि नगर्न भन्दा विरोध जनाउनु आश्चर्यको विषय भएको उनले बताए।

ओलीले सिके राउत समूहले विखण्डनको राजनीति छोडेर भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु पर्छ भनेर मूलधारको राजनीतिमा आएको उनले बताए।

लुम्बिनीलाई प्रदुषण गर्ने खालका गतिविधि नियन्त्रण गरेर स्वच्छ र वास्तविक धार्मिक थलोको रुपमा विकास गरिने ओलीको भनाइ थियो।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडान सञ्चालनकोलागि आवश्यक सबै तयारी सरकारले गरेको उनले जनाए। ओलीका अनुसार, एयर रुट लगायत अन्तर्राष्ट्रिय एयरलाइन्सहरुसँग सम्झौता गर्ने काम धमाधम भइरहेको छ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पार्टी एकिकरण आकस्मिक रुपमा भएको र एकिकरणको प्रक्रिया तल्लो तहसम्म पुर्‍याएर अघि बढ्ने कामपनि आकस्मिक रुपमा हुने बताए। प्रधानमन्त्री ओलीले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाको पनि स्थलगत निरीक्षण गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij