बुटवल,
सशस्त्र प्रहरीले रुपन्देहीकाे मायादेवि गाउपालिका स्थित एक इटाभट्टाबाट करिब १६ लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल ,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको गस्ती टोलीले करिब १६ लाख मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिप कुमार बस्नेतको कमाण्डमा खटिएको १० जनाको मोबाईल गस्ती टोलीले आइतबार उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका-५ स्थित पकडी ईलाकामा अवैध रुपमा भारतबाट नेपाल ल्याई ईट्टाभट्टामा लुकाईछिपाई राखिएको ६ बन्डल लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीकाे भनाइ छ ।
सशस्त्र प्रहरीका अनुसार १५ लाख ९१ हजार ३ सय रुपैयाँ कायम मूल्यमा उक्त लत्ताकपडा भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्