तिलोत्तमा, अवैध रुपमा माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुईवटा जेसीबी र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मझगाँवा, रुपन्देहीबाट खटिएको टोलीले बुधबार कोटहीमाई गाउँपालिका–१ बाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा ना १ क ४३८० र लु १ क ६३५७ नम्बरको जेसीबी तथा लु ४ त ६२३३ र लु ४ त १७०४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बताउनुभयो।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई बिहीबार कोटहीमाई गाउँपालिकाको कार्यालयमा पठाइएकोमा २ लाख २५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको डीएसपी कार्कीले जानकारी दिनुभयो।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्