एसइई नतिजा प्रकाशन असारभित्रै

एसइई नतिजा प्रकाशन असारभित्रै

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हाे।

​राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ।

उनले  भने,‘उत्तरपुस्तिका अझै सबै ठाउँबाट आएको छैन,बाढीपहिरोले पनि उत्तरपुस्तिका ल्याउन समस्या हुन्छ,हामी सकभर छिटो नै प्रकाशन गर्ने भनेका छौँ,प्राविधिक कारण समस्या नभएमा असारभित्रै नतिजा प्रकाशन हुन्छ।’

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक/कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए।

आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो।

उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो। गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो।

यही शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिला हुने भएको हो। अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रो/तेस्रो हप्तामा प्रकाशित हुने गरेको थियो। तर,यो समयमा यस पटक भने आन्दोलनका कारण एसइई नतिजा प्रकाशन हुने सम्भावना नदेखिएको परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार २०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी छन्।

 

प्रकाशित मिति : सोमबार, असार २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij