काठमाडौं,
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने भएको छ ।
नतिजा प्रकाशन गर्नुअघि बसेकाे राष्ट्रिय परिक्षा बाेर्डकाे बैठकले
एसईई २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले तोकिएको म्यादभित्र आवेदन दिनुपर्नेछ ।
यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन् । बाँकी विद्यार्थीहरू नन ग्रेड भएका छन्, अर्थात् आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न असफल भएका हुन् ।
शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गरेको हो ।
नतिजा प्रकाशनसँगै मौका परीक्षा सम्बन्धी जानकारीले विद्यार्थीहरूलाई पुनः तयारीको अवसर मिलेको छ ।
२०८१ चैतमा सञ्चालन भएको एसईईमा करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए ।
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्