उपमहानगरपालिकाले उत्सवकै रूपमा मनायो धान दिवस

उपमहानगरपालिकाले उत्सवकै रूपमा मनायो धान दिवस

बुटवल
२२ औं राष्ट्रिय धान दिवस बुटवल उपमहानगरपालिका ले उत्सवकै रूपमा मनाएको छ

बुटवल उपमहानगरपालिका वडा नं १९ मनाेहरापुर स्थित तिर्थ थारूकाे ५ कट्ठामा खेतमा धान राेपेर धान दिवस मनाएको हो ।

दिवसको आइतबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर धान दिवसलाई उत्सवकै रूपमा मनाइएको बताए ।

जबसम्म कृषि र उत्पादनलाई प्राथमिकतामा राख्दैनाै तबसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषि र पशुपालनलाई महत्वका साथ बजेट छुट्टयाइएको जानकारी गराए ।

बुटवल उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष चन्द्रसिं थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमख सावित्रा देवी अर्याल ,बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा , वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी,उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्याल,कृषि शाखा प्रमुख साेमन प्रसाद कुर्मीलगायत सयौं कृषक,टोल विकास संस्था,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,कर्मचारीहरूकाे सहभागीता रहेको थियो

कार्यक्रममा पञ्चेबाजा, मयुर नाचलगायत विभिन्न किसिमका झाँकी समेत प्रदर्शन गरिएको कार्यक्रम संयोजक लक्ष्मी थारूले जानकारी दिइन् ।

प्रकाशित मिति : आइतबार, असार १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij