अर्घाखाँची , अर्घाखाँचीमा भैंसीलाई निर्ममता पूर्वक यातना दिई निर्दयी तथा क्रूर व्यवहार गरी ओसारपसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धारापानीबाट सन्धिखर्क आउदै गरेको सिङ्गल क्यापको बोलेरो गाडीमा ४ वटा भैसी निर्ममता पुर्वक यातना दिई सानो ठाँउमा अटाई नअटाई निर्दयी तथा क्रूर व्यवहार गरि बुटवल तर्फ लैजान लागेको अवस्थामा सन्धिखर्क नगरपालिका वडा नम्वर २ घोचेखोलामा प्रहरीले पक्राउ गरेको हो ।
साँघुरो ठाउँको कारण गाडीमा ठोकिएर चोटपटक लागि घाईते अवस्थामा भैंसीहरु फेला पारी उक्त गाडी सहित भैंसी, गाडी चालक र सहचालक गरी २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताउनु भएको छ । उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम पशुपंक्षी सम्बन्धी कसूर मुद्दामा म्याद लिई थप अनुसन्धानको लागी हिरासतमा राखिएको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६ बस्ने वर्ष २३ को सरोज पौडेल र रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका २ घर भएका वर्ष १८ को क्रिस बानिया रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्