काठमाडौं , भारतको राजधानी दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमा आक्रमण गर्ने प्रयास भएको छ।
मुख्यमन्त्री निवासमै जन सुनुवाइ चलिरहेको अवस्थामा एक जनाले मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। दिल्लीस्थित भाजपा प्रवक्ता प्रवीण शंकर कपूरले एक ३५ वर्षीय मानिसलाई पक्राउ गरेको जनाएका छन्।
उनका अनुसार मुख्यमन्त्रीलाई ती मानिसले केही कागजात दिएको र त्यस विषयमा दुई जनाबीच केहीबेर भनाभन भएको थियो। त्यसपछि उनले आक्रमण गर्ने प्रयास गरेका थिए। उनी भाजपाका कार्यकर्ता नै भएको जनाइएको छ।
रेखा गुप्ता भारतीय जनता पार्टीबाट मुख्यमन्त्री बनेकी हुने। गत २० फेब्रुअरी २०२५ मा दिल्लीको मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन्।
प्रकाशित मिति : बुधबार, भाद्र ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्