काठमाडौँ , नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ। सभापति शेरबहादुर देउवाले सोमबार बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएको पदाधिकारीले जानकारी दिए।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको ती पदाधिकारीले जानकारी दिए। यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुनेछ।
पदीय आचरण विपरीत काम गरेको भन्दै उपसभामुख रानामगरलाई कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन्। यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा। शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएको बुझिएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्