रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

रुपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं -३ मा हुने उपनिर्वाचनका लागि आज आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार त्यसअघि आज दिउँसो १:३० बजे सचिवालय बैठक बस्नेछ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा गरिने प्रवक्ता झाले बताएका छन्।

उनका अनुसार आजको सचिवालय बैठकमा रुपन्देही-३ का लागि उम्मेदवार छनोटका साथै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा छलफल हुनेछ।

बैठकपछि रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणाका साथै पार्टी प्रवेशको कार्यक्रम पनि रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदै छ।

२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

प्रकाशित मिति : आइतबार, भाद्र १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij