सरकारी कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति

सरकारी कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति

निजामती सेवा विधेयक मस्यौदा प्रतिवेदनमा छलफल काठमाडौँ, १७ भदौः राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल’ हुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाण्डाै – विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । विधेयकसम्बन्धी समितिको पूरै प्रतिवेदन वाचन गरेर पारित गरिएको हो ।

 

निजामती कर्मचारीको अवकाश उमेरसम्बन्धी निर्णय उल्ट्याउन सरकारका मन्त्रीहरू नै सक्रिय रूपमा लागे पनि अन्तिममा सरकार पछि हटेको हो । अब ऐनको दफा ५८ मा अवकाश उमेर कार्यान्वयन विधि ऐन प्रारम्भ भएको मितिले निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेर चालू आर्थिक वर्षसम्म ५८ वर्ष, त्यसपछि ५९ वर्ष र त्यसको १ वर्षपछि सबै कर्मचारीको उमेर ६० वर्ष कायम हुनेछ ।

 

दुवै सदनबाट विधेयक पारित भएमा ५८ वर्ष पुगेका कर्मचारी यसै वर्ष र त्यसपछि ५९ र ६० वर्षीय प्रावधान अन्तर्गत उमेरहदका कारण सेवानिवृत्त हुनेछन् । विधायन व्यवस्थापन समितिबाट सहमति भएको विधेयकलाई राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा जाने कानूनी व्यवस्था छ ।

 

यसैबीच सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हदसम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको दाबी गर्नुभएको छ ।

 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा बोल्दै मन्त्री न्यौपानेले विधेयक जारी भएपछि प्रशासनिक सङ्घीयता कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । ‘सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ आजै बस्ने राष्ट्रियसभाको बैठकमा पेश गर्ने तयारी छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij