भीपीएनको प्रयोग नगर्न साइबर ब्युरोको आग्रह, व्यक्तिगत विवरण चुहावट हुन सक्ने चेतावनी

भीपीएनको प्रयोग नगर्न साइबर ब्युरोको आग्रह, व्यक्तिगत विवरण चुहावट हुन सक्ने चेतावनी

काठमाण्डौ

नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो ।

भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भएकाले त्यसो नगर्न ब्युरोले सचेत गराएको छ ।

सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि नेपाल बाहिरको लोकेसन प्रयोग गरेर भीपीएनमार्फत प्रयोगकर्ताहरू सक्रिय हुने देखेपछि ब्युरोले सचेत गराएको हो ।

प्रकाशित मिति : शनिबार, भाद्र २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij