काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन आग्रह गर्नुभएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ पुस्ताको आन्दोलनका कारण भदौ २३ र २४ गते भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणाको दिशामा अघि बढाउन सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको हो । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न पनि उहाँको आग्रह छ ।
यस्तै थापा र शर्माले विधिविहीनताले थप अराजकता निम्त्याउने भन्दै देश चलाउन र चुनाव गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउन, लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्न आग्रह गर्नुभएको छ

प्रकाशित मिति : बुधबार, भाद्र २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्